गृहपृष्ठ किन भेटे कांग्रेस नेता प्रकाशमानले पूर्वराजा ज्ञानेन्द्रलाई ?

किन भेटे कांग्रेस नेता प्रकाशमानले पूर्वराजा ज्ञानेन्द्रलाई ?

कांग्रेस नेता प्रकाशमान सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ । आइतबार साँझ होटल सोल्टीमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा भइरल भएको छ ।

उनीहरुको भेटवार्तालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । नेता सिंहका सहयोगी युपी लामिछानेले सोल्टीमा पास्नीमा सहभागी हुन गएकाबेला पूर्वराजासँग अकास्मिक भेट भएको बताए ।

‘पूर्वराजासँग योजना बिना नै पास्नीबाट फर्किने बेला अकास्मत भेट भएको हो, उहाँहरुबीच छोटो कुराकानी भयो’ लामिछानेले भने । उनीहरुबीच के कुरा भयो भन्नेबारे केही खु्लाइएको छैन । उनीहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु