गृहपृष्ठ एमालेले सहकार्य नगर्दा जनयुद्धमा जानुपर्यो : प्रचण्ड

एमालेले सहकार्य नगर्दा जनयुद्धमा जानुपर्यो : प्रचण्ड

कर्मचारी र सुरक्षा निकायको माथिल्लो तप्कालाई बर्खास्त गर्ने चेतावनी

Prachanda-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालिन एमालेले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन् ।

बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा प्रचण्डले तत्कालिन समयमा जनयुद्धको विकल्पमा एमालेसँग सहकार्य गर्न खोजिए बताए । ‘एमालेसँग सहकार्य गरेर संसदीय व्यवस्थामै संघर्ष गर्ने हाम्रो प्रयास असफल भएपछि जनयुद्धमा प्रवेश गरेका हौं,’ प्रचण्डले भने । तत्कालिन एमाले महासचिव मदन भण्डारीसँग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उनको भनाइ थियो ।

यसैबीच बुधबार नै उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको भन्दै त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्ने बताए । प्रचण्डले कर्मचारी र सुरक्षा निकायको माथिल्लो तप्कालाई बर्खास्त गर्नुपर्ने समेत चेतावनी दिए ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु