गृहपृष्ठ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्- छिमेकीसँग बढी हिमचिम हुन्छ

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्- छिमेकीसँग बढी हिमचिम हुन्छ

rajan-bhattrai फाइल तस्बिर

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले राष्ट्रलाई केन्द्रमा राखेर भारत र चीनसँग रहदै आएको ऐतिहासिक, पराम्परागत, आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । ‘भारतसँग विशेष सम्बन्ध छ वा चीनसँग छैन भन्ने होइन, हाम्रा लागि सबै मुलुकहरु मित्र हुन, तर स्वाभाभिक रुपमा छिमेकी मुलुकसँग बढी हिमचिम हुन्छ,’ उनले भने ।

‘चीन र भारत दुई उदयीमान देशहरुबाट हामीले जति फाइदा लिनुपर्ने थियो लिन सकिरहेका छैनौं,’ भट्टराईले भने, ‘त्यसका लागि चाहिने अध्ययन अनुसन्धान अझै हुन सकेको छैन, यी सबै कुरालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।’ उनले चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण नभएको सन्दर्भमा जतिसक्दो चाँडो चिनिया राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी दिए । चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति र प्रधानमन्त्रीबाट भ्रमणको निम्तो समेत भइसकेको उनको भनाई थियो ।

भट्टराईले नेपाल र भारतसँग सम्बन्धित विषयमा अध्ययन गरेर तयार गरिएको प्रवुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
रासस

प्रकाशित समय १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु