गृहपृष्ठ बाँदरको कुटाइबाट एक शिशुको मृत्यु
बाँदरको कुटाइबाट एक शिशुको मृत्यु
तस्बिर : गुगल
बाँदरको कुटाईबाट भारतको अग्रामा १२ दिने एक शिशु मृत्यु भएको छ । आमाले दूध खुवाउँदै गर्दा बाँदर घरमा पसेर बच्चा खोसेर लगेको थियो । छिमेकीको घरको छतमा लगी कुट्ेर ढुङगामा फालेपछि घाइते भएको शिशु स्थानीय अस्पतालमा उपचारका क्रमा मृत्यु भएको बीबिसीले जनाएको छ ।
शीशुको मृत्युले परिवार सोकमा डुबेको शिशुका काका धिरेन्द्र कुमारले जानकारी दिए । ‘यस क्षेत्रमा धेरै बाँदरहरु छन्, हामी डर र त्रासमा बाँचिरहेका छौं, हामीले बाँदर हटाउनलाई धेरैपटक प्रशसनलाई भन्यौं तर प्रशासनले केही गरेन,’ कुमारले भने ‘यदि प्रशासनले बाँदर समयमै हटाएको भए आज यो दिन आउने थिएन ।’
उक्त ठाउँमा दुई महीना पहिले पनि एक टुटलरलाई आक्रमण गरेको थियो । बाँदरको आक्रमणमा परी घाईते भएका उनको अस्पतालमा उपचार गरेपछि ठिक भएको थियो ।
स्थानीय कर्मचारी श्रवण कुमार सिंह भन्छन् ‘यहाँ बाँदरहरु जताततै छन्, खानेकुरा खोज्न आउँछ र आक्रोसित भई आक्रमण गर्छन् ।’ बाँदरहरु आफ्नो प्रकृतिक वातावरण नास भएकाले आक्रोशित भएको हुन सक्ने उनले बताए ।
प्रकाशित समय १९:५६ बजे

















