गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक : नेविसंघका सम्बन्धमा दुई प्रस्ताव

कांग्रेस केन्द्रीय समिति बैठक : नेविसंघका सम्बन्धमा दुई प्रस्ताव

nebisangh-newskarobar

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाल विद्यार्थी संघलाई कसरी अघि बढाउने भन्ने सम्बनधमा दुईवटा प्रस्ताव पेश भएका छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले दिएको जानकारी अनुसार नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल दुई महिना थप्ने कि ६ महिना थप्ने भन्ने प्रस्ताव आएको हो । नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको कार्यकाल सम्पन्न भएपछि कसरी अघि बढ्ने भनेर कांग्रेसमा विवाद भएको थियो ।

सोही सेरोफेरोमा बसेको केन्द्रीय समिति बैठकमा नेविसंघको विधानमा भएको तीन महिना कार्यकाल थप गर्न सकिने व्यवस्थामा २ महिना थपेर पाँच महिना पुर्याउने सम्बन्धमा प्रस्ताव पेश भएको शर्माले बताए । त्यसै गरी संघको कार्यकाल ६ महिना थपले महाधिवेशनको तयारीमा जुट्ने भन्ने अर्काे प्रस्ताव आएको प्रवक्ता शर्माले बताए ।

प्रकाशित समय १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु