गृहपृष्ठ नेविसंघको महाधिवेशन पुस अन्तिम साता

नेविसंघको महाधिवेशन पुस अन्तिम साता

nebisangh-newskarobar

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुस अन्तिममा हुने भएको छ । नेविसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा गर्ने तय भएको जानकारी गराएको हो ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले पुसको अन्तिममा महाधिवेशन गर्ने तय भएको बताए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २ महिना भित्र नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको थियो । नेविसंघ भित्रको विवादका कारण महाधिवेशन सर्दै आएको छ ।

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु