गृहपृष्ठ सहिद शम्भुको स्मृति दिवसमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

सहिद शम्भुको स्मृति दिवसमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

धनुषा जिल्लाका पहिलो सहिद शम्भु यादवको २० औं स्मृति दिवस सम्पन्न भएको छ । स्मृति दिवसको अवसरमा सहिद परिवारले स्कुले बालबालिकालार्इ शैक्षिक सामग्री प्रदान गरेको छ।

सहिद शम्भु स्मृति प्रतिष्ठानका सदस्य श्रीनारायण प्रतिहस्तको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य बोधमाया यादव एवं प्रदेशसभा सदस्य किशोरी साहको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सवैला नगरपालिकाका १५ जना सहिदको परिवारलाई सम्मान गरिएको छ । सहिद शम्भु यादव, लालेश्वर साह, राजकुमार यादव, महेन्द्र साह, कारीचन कामत, रामनारायण सादा, देवनारायण प्रतिहस्त, लक्ष्मी यादव, हरिप्रसाद यादव, रामउदगार कापर, वौएलाल कवारी, शिवशंकर यादव, विरेन्द्र राय र रामसेवक राउतका परिवारलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा ८६ जना स्कुले बालबालिकाहरुलाई झोला, स्टेशनरी सामाग्री, कपडा प्रदान गरिएको छ । ‘जनयुद्ध’ कालमा २०५५ कार्तिक २९ गते सवैला स्कुलको अगाडीबाट तत्कालिन शाही सेनाले पक्राउ गर्दै मंसिर ११ गते सिरहाको घुर्मी खोलामा हत्या गरि फालिएको सहिद परिवारका सदस्य तथा नेकपा नेता रोशन यादवले जानकारी दिए ।

प्रकाशित समय ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु