गृहपृष्ठ वाइडबडी खरिद प्रकरण : खरिद ऐन बमोजिम भए नभएको राय पेश गर्न निर्देशन

वाइडबडी खरिद प्रकरण : खरिद ऐन बमोजिम भए नभएको राय पेश गर्न निर्देशन

फाइल तस्बिर

संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयसँग नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको राय मागेको छ ।

बुधबार बसेको समिति बैठकले सात दिनभित्र राय पेस गर्न कार्यालयलाई निर्देशन दिएको हाे ।
समितिका सभापति भरतकुमार साहले कार्यालाई सात दिन भित्र राय पेश गर्न निर्देशन दिएको बताए ।

समितिले कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शमासँग पनि छलफल गरेको थियो । छलफलमा सचिव रेग्मीले जहाज खरिद गर्दा कार्यालयसँग छलफल नभएको बताएका थिए ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु