गृहपृष्ठ नेपाली बैंकहरु विदेशीको एजेन्ट बन्न पाउने, विदेशी लगानी बढ्ने विश्वास

नेपाली बैंकहरु विदेशीको एजेन्ट बन्न पाउने, विदेशी लगानी बढ्ने विश्वास

नेपाली बैंकहरुले विदेशीको एजेन्ट बन्न पाउने भएका छन् । वाणिज्य बैंकहरुमार्फत प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ‘एकीकृत परिपत्र २०७४’ लाई शंसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यो व्यवस्थासँगै अब बिदेशी लगानीकर्ताले नेपालका वाणिज्य बैंकहरुलाई एजेन्ट बनाएर लगानी गर्न सक्नेछन् । यसअघि विदेशी लगानीकर्ताहरु नेपालका विभिन्न उद्योग र परियोजनाहरुमा ऋण लगानी गर्दा त्यस्तो ऋणको साँवा ब्याज असुलीमा समस्या पर्नेमा शसंकित थिए । अब भने नेपाली बैंकहरुलाई एजेन्ट बनाएर उनीहरुले डुबेका ऋणीहरुको धितो लिलामीसम्मका प्रकृया पूरा गर्ने गरी ऋण व्यवस्थापन गर्न सक्नेछन् ।

विदेशी लगानी भित्र्याउने नेपाली कम्पनी वा संघसंस्था र वाणिज्य बैंकसमेतले त्रीपक्षीय सम्झौता गरी कुनै एक नेपाली वाणिज्य बैंकले एजेण्टका रुपमा ऋण ब्यवस्थापन, इसक्रो खाता ब्यवस्थापन तथा कस्टोडियनको रुपमा सेवा दिन सक्नेछन्,’ राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले भने, ‘यो व्यवस्थासँगै विदेशीहरुले नेपालमा लगानी गर्दा भोग्दै आएका समस्या समाधान हुने छ ।’ ढुंगानाका अनुसार विदेशी लगानीकर्ताले प्रत्यक्ष रुपमा गर्नै नमिल्ने कतिपय काम अब नेपाली बैंकहरुमार्फत गर्न सक्नेछन् ।

ऋणको ब्याज, लगानी, परियोजना बिक्री वा सुरक्षणमा लिएको सम्पति बेचेर विदेशी लगानीकर्ताको लागि करम फिर्ता पठाउनु परे राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ । ऋण ब्यवस्थापन, इस्क्रो खाता ब्यवस्थापन तथा कस्टोडियन सम्बन्धी त्रीपक्षीय सम्झौता पनि पेश गरेपछि नियामकले स्वीकृति प्रदान गर्नेछ । रकम पठाउँदा नेपालमा कर भने तिर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु