गृहपृष्ठ टाटाको टिगोर पोखरामा
टाटाको टिगोर पोखरामा
सिप्रदी ट्रेडिङले हालै नेपालमा भित्र्याएको नयाँ टाटा टिगोर पोखरामा पनि भित्रिएको छ । पोखराका ग्राहकहरुको लागि सिप्रदीको आधिकारीक बिक्रेता दीप मोटर्स प्रा.लि.ले उक्त गाडी भित्र्याएको हो ।
पोखरामा बिहिबार देखि जारी सफल पोखरा एक्सपो तथा मोवाईल मेलाको अवसरमा उक्त गाडीको एक समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका छन् । भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेको उक्त गाडी पोखरामा भित्रिएसँगै बिहीबारदेखि बिक्रि वितरण सुरु गरेको प्रा.लि.का राजेन्द्र बाटाजुले बताए ।
प्रकाशित समय १८:२७ बजे
















