गृहपृष्ठ मंसिर २९ गतेभित्र कटहरी खुल्ला दिसामुक्त क्षेत्र हुने
मंसिर २९ गतेभित्र कटहरी खुल्ला दिसामुक्त क्षेत्र हुने
मोरङको कटहरी गाउँपालिकाको वडानम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
गाउँपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने तयारी छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मन्जिता सरदार लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

कटहरी गाउँपालिकाको पूर्वमा धनपाल थान, पश्चिममा विराटनगर, उत्तरमा ग्रामथान र दक्षिणमा जहदा गाँउपालिका अवस्थित छ । ८ हजार २ सय घरधुरी रहेको कटहरी गाउँपालिकामा ३९ हजार ७ सय ७५ जनसंख्या रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए ।
कटहरी गाँउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत विहान जनचेतनामुलक र्याली निकालिएको थियो । विहान निकालिएको र्यालीले कटहरी गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न टोलहरुको परिक्रमा गरेको थियो ।
प्रकाशित समय १८:४२ बजे
















