गृहपृष्ठ प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्माका स्टेट काउन्सिलर आङ साङ सुकीबीच भेटवार्ता भएको छ । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा छलफल भएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति थियो ।

आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बताइएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओलीको निमन्त्रणामा सुकी बिहीबार काठमाडौं आएकी थिइन् ।
(रासस)

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु