गृहपृष्ठ सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने

सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने

siddhartha-bank-newskarobar

सिद्धार्थ बैंकले दुई अर्ब २५ करोड रूपैयाँकरो ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सात वर्षे अवधि राखेर एक हजार रूपैयाँ दरका ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ऋणपत्रमा १०.५ प्रतिशतका दरले ब्याज दिने जनाएको छ । ऋणपत्रका निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले मंसिर ६ गते स्वीकृति दिएको थियो । ऋणपत्रको बिक्री मंसिर २३ गतेदेखि सुरु हुने भएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआर्इबीएल एस क्यापिटल हो । ऋणपत्र बिक्री छिटोमा मंसिर २६ गतेसम्म र ढिलोमा पुस २३ गतेसम्म बिक्री खुला रहनेछ ।

ऋणपत्रलाई ‘एसबिएल डिबेन्चर २०८२’ नाम दिइएको छ । बिक्री गर्न लागिएको ऋणपत्रमध्ये २२ हजार ५०० कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त ऋणपत्रलाई इक्रा नेपालले ट्रिपल बी प्लस ग्रेड दिएको छ ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु