गृहपृष्ठ रतुवामाईमा कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम
रतुवामाईमा कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम
रतुवामाई नगरपालिकाले आयोजना गरेको चार दिने कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई कम्प्युटर, व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा प्रणाली सम्बन्धी तालीम दिइएको हो ।
तालीमको सहजिकरण रतुवामाई नगरपालिकाका सूचना प्रविधि शाखाका अधिकृत उजित नारायण राजवंशी र दमक नगरपालिकाका सूचना प्रविधि शाखाका अधिकृत समिप चुडालले गरेका थिए । समापन कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर रवीन राईले कर्मचारीहरु नै नगरपालिकाका स्थायी प्रतिनिधि भएकाले नगरको काम र कर्तव्यप्रति जिम्मेवार भएर लाग्न आग्रह गरे ।

उनले नगरपालिकाका कर्मचारीहरुको क्षमता अभिवृद्धी सम्बन्धी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । कार्यक्रममा उपमेयर दयन्त चुडालले कर्मचारी दक्ष बनाउनु नगरको उपलब्धी भएको बताइन् ।
प्रकाशित समय १७:०१ बजे
















