गृहपृष्ठ पूर्वाञ्चल बालआश्रमका अभिषेक राई बने लिटिल च्याम्स

पूर्वाञ्चल बालआश्रमका अभिषेक राई बने लिटिल च्याम्स

little-chams-newskarobar

विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । मञ्जिना मुभिज क्रिएसन र मिस नेवा कोशीको आयोजनामा भएको लिटिल च्याम्स प्रतियोगितामा पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । जसमा १४ वर्षीय बालक अभिषेक राई लिटिल च्याम्स बन्न सफल भएका छन् ।

उनलाई पुरस्कारस्वरुप प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । सो अवसरमा आयोजकले ५ हजार ५ रुपैयाँ आश्रमकी अध्यक्ष सीता पोखरेललाई सहयोग हस्तान्तरण गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख प्रमुख इन्दिरा कार्कीले आश्रमको सहयोगका लागि महानगर सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु