गृहपृष्ठ विराटनगर महानगरद्वारा छात्रालाई प्याड वितरण
विराटनगर महानगरद्वारा छात्रालाई प्याड वितरण
विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब सञ्जालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापनसम्बन्धी सचेतना शिविर आयोजना गरेको छ । विराटनगर–१८ स्थित जनक आधारभूत विद्यालयमा गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरुले महिनावारीको समयमा विद्यालय नजाने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले बताए ।
शिविरमा छात्राहरुलाई समूह समूहमा विभाजन गरेर महिनावारीको बिषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले हाम्रो समाजमा अहिले पनि महिनावारी, यौन प्रजनन् जस्ता बिषयहरु खुलेर बहस हुन नसकेकाले विभिन्न समस्या निम्निे गरेको बताए ।
उपप्रमुख इन्दिरा कार्कीले विद्यार्थीलाई विद्यालयमा पठनपाठनका निम्ति सहज होस् भन्ने उद्देश्यले महिनावारी भएको समयमा सामुदायिक विद्यालयमा नै प्याड लगायतका आवश्यक सरसफाईका सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा महिनावारी भएका छात्राहरुलाई विराटनगर महानगरपालिकाले प्याड वितरण गरेको थियो ।
प्रकाशित समय १०:३२ बजे
















