गृहपृष्ठ सेतीखोला जलविद्युत तीन वर्षभित्र निर्माण सम्पन्न गरिने

सेतीखोला जलविद्युत तीन वर्षभित्र निर्माण सम्पन्न गरिने

भिजन लुम्बिनीले २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको तिन बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको जनाएको छ । करिब ५ अर्बको लागतमा एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा सो आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को भराभुरीमा बन्ने भएको भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए ।

पोखरेलले भने, ‘जलश्रोतको अपार भण्डार, प्राकृतिक सम्पदाको मुहान सहित पर्यटकीय सौन्र्दयले भरपूर नेपाल गरीब छैन । हामी धनी बनाएर सबैलाइ आर्थिक समृद्धिसँग जोड्न चाहन्छौं ।’

भिजन लुम्बिनी अन्तर्गतको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजनालाई रुपन्देहीकै गौरवको रुपमा विकास गरिने जनाएको छ ।

आयोजनाको तत्तकालै निर्माण आरम्भ गरिने छ । आयोजनाको मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरीद सम्झौता समेत भइसकेको छ ।

सम्झौता अनुसार आयोजनाबट उत्पादित विद्युत् वर्षायाको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउदको ६ महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।

प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले पिपिएमा हस्ताक्षर सहित सम्झौता गरेको आयोजनाका इन्जिनियर लेखनाथ पाण्डेले बताए ।आयोजनामा स्थानीयबासीलाई समेत सेयर दिइने प्रवद्र्धक कम्पनीका प्राविधिक इन्चार्ज रतनलाल अग्रवालले बताए । आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने उर्जा कम्पनीले जनाएको छ ।

प्रकाशित समय १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु