गृहपृष्ठ क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुला

क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुला

आगामी पुस १९ गतेदेखि विराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)मोरङको आयोजनामा हुन लागेको सो इन्फोटेक मेलाको शनिबारबाट स्पोन्सर बुकिङ खुल्ला गरिएको हो ।

मेलाको लागि पहिले आउने प्रायोजकलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । मेलाको स्टल २४ घण्टा अघि तयार गरिसक्नुपर्ने छ । जुनसुकै वर्गका प्रायोजकहरुले सम्झौता भन्दा अगाडि नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ मोरङलाई प्रस्ताव गरे अनुसार प्रायोजनको सम्पूर्ण रकम अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले विराटनगरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विराटनगरको जैन भवनमा ५ दिनसम्म हुने सो इन्फोटेक प्रदेश १ कै विशाल र भव्य हुने अयोजकको दावी छ ।

क्यान इन्फोटेक मेलामा क्यानका सदस्य संस्थालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनीहरुको सहभागिता रहने छ । २३ गतेसम्म चल्ने मेलामा सहभागीमध्ये केही भाग्यमानीलाई दुबई भ्रमणको अवसर समेत मिल्नेछ ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु