गृहपृष्ठ नेकपा प्रदेश कमिटी सदस्यहरुको नामावली सार्वजनिक
नेकपा प्रदेश कमिटी सदस्यहरुको नामावली सार्वजनिक
लगत बिहीबार नै सार्वजनिक गर्ने भनिएको नामावली करिब एक सातापछि सोमबार सार्वजनिक गरिएको हो ।
नेता माधवकुमार नेपालले असहमति व्यक्त गरेपछि प्रदेश कमिटीको नाम सार्वजनिक गर्न ढिलाई भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार केही नाममा नेता नेपालले असहमति व्यक्त गरेका थिए ।
‘केही दिनदेखि नेता नेपाल एसिया प्यासिफिक समिटमा व्यस्त भएकाले छलफल गर्न सकिएको थिएन, त्यसैले सार्वजनिक गर्न केही ढिलोे भएको हो,’ नेपाल निकट एक नेताले भने । यसअघि नेकपाले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इन्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।
प्रदेश १ को २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना परेका छन् । यस्तै प्रदेश नम्बर २ मा पूर्वएमालेबाट १ सय ७ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । २१५ सदस्यीय कमिटीमा २ जनाको नाम रिक्त राखिएको छ । पार्टी प्रवेशको तयारी भएकोले नवप्रवेशीलाई २ सदस्य खाली राखिएको हो ।
प्रदेश नम्बर ३ को २ सय १७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना परेका छन् । गण्डकी प्रदेशको १८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ जना परेका छन् । यस्तै प्रदेश ५ को २ सय ३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय ६ र माओवादी केन्द्रबाट ९७ जना परेका छन् । कर्णाली प्रदेशको १ सय ७५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य छन् । सुदूरपश्चिम प्रदेशको १ सय ८३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना सदस्य रहने छन् ।
प्रकाशित समय १८:४९ बजे

















