गृहपृष्ठ प्रधानमन्त्रीलार्इ शान्ति समाजको ज्ञापनपत्र- ‘भ्रष्टाचारमा वृद्धि : कुशासन कि समृद्धि ?’

प्रधानमन्त्रीलार्इ शान्ति समाजको ज्ञापनपत्र- ‘भ्रष्टाचारमा वृद्धि : कुशासन कि समृद्धि ?’

gyapan_newskarobar

मुलुकमा बढिरहेको भ्रष्टाचारलाई अन्त्य गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अबसरमा समाजले इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपसचिव सुशील बैद्यमार्फत प्रधानमन्त्रीलार्इ ज्ञापनपत्र पठाएको हो ।

इलाका प्रशासन कार्यालय बुटवलमा आयोजित कार्यक्रममा बक्ताहरुले भ्रष्टाचार निर्मूल पार्न भ्रष्ट शैली त्याग्नुपर्नेमा जोड दिए । भ्रष्टहरुलार्इ नै राज्यले सम्मान गर्ने, नेता, मन्त्री बनाउने पद्धतीको अन्त्य नभएसम्म भ्रष्टाचारीको मनोबल नगिर्ने निश्कर्ष निकालेका छन् ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले परिवारका सदस्यहरुकै ठूला-ठूला चाहना हुँदा मानिसले पैसा आर्जन गर्न गलत बाटो समातिरहेकोले यस्लार्इ घरभित्रैबाट पनि रोक्नुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारीलाइ कारबाही गर्न कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे ।

ज्ञापनपत्र बुझ्दै प्रशासनका प्रमुख उपसचिव सुशील बैद्यले भ्रष्टाचार नियन्त्रणका लागि राज्य संयन्त्र सक्रीय भएर लागेको भन्दै ज्ञापनपत्र प्रधानमन्त्रीलाइ पठाइदिने बताए ।

कार्यक्रम संयोजक कपिल ज्ञवालीले सरकारले एकातिर समृद्धिको नारा जोडतोडले बुलन्द्ध गरिरहेको र अर्को तर्फ तथ्यांक हेर्दा नेपाल भ्रष्टाचार गर्ने सूचीमा अगाडि रहेको भन्दै सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र पठाइएको बताए ।

ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपालमा भ्रष्टाचारका नयाँ नयाँ स्वरुप देखिएकोप्रति र सिंगो राजनीति भ्रष्टाचारमा डुब्न थालेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु