गृहपृष्ठ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २० लाख पर्यटक
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २० लाख पर्यटक
पोखराको पर्यटकीय स्थल अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २० लाख पर्यटक भित्रिएका छन् । २०६० सालमा स्थापना भएको उक्त संग्रहालयमा डेढ दशकको अन्तरालमा हालसम्म २० लाख ८ हजार ८ सय ६२ जना पर्यटक भित्रिएको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका प्रशासकीय अधिकृत ऋषिराम पौडेलले जानकारी दिए ।
उक्त संङख्यामा पर्यटक संग्रहालयमा प्रवेस गर्दा १७ करोड ६१ लाख ३ हजार ९ सय १८ रुपैयाँ संकलन भएको पौडेलले बताए । संकलित रकम नेपाल पर्वतारोहण संघमा जम्मा हुँदै आएको छ ।
हालसम्म ८ लाख ७२ हजार ८ सय २२ जना विद्यार्थीहरु संग्रहालयमा अवलोकन गर्दा २ करोड ८९ लाख ६५ हजार ७ सय १३ रुपैयाँ संकलन भएको प्रशासकीय अधिकृत पौडेलले जनाए । ६ लाख ३७ हजार ६ सय ६४ जना नेपाली पर्यटकले संग्रहालयमा अवलोकन गर्दा ४ करोड २३ लाख ३६ हजार ७ सय ७५ रुपैया संकलन भएको छ ।
१ लाख ५२ हजार ५ सय ९ जना सार्क पर्यटकले संग्रहालयमा अवलोकन गर्दा २ करोड ३१ लाख ३५ हजार २ सय ५० रुपैयाँ संकलन भएको छ । २ लाख ३२ हजार ९ सय १७ जना तेश्रो मुलुकका पर्यटक संग्रहायलमा प्रवेश गर्दा ८ करोड १२ लाख ६५ हजार ४ सय रुपैयाँ संकलन भएको छ ।
गत आर्थिक बर्ष २०७४/०७५ मा संग्रहालयमा २ लाख ७६ हजार २ सय ५४ जना पर्यटकहरुले अवलोकन गर्दा २ करोड ७८ लाख ८८ हजार ३ सय रुपैयाँ संकलन भएको संग्रहालयले जनाएको छ । आर्थिक बर्ष २०७५/०७६ को साउनदेखि संग्रहालयमा प्रबेस शुल्कमा बृद्धि भएको हो । संग्रहालयमा प्रबेस गर्दा बिद्यार्थीलाई पहिला ४० थियो भने हाल ५० कायम गरिएको छ ।
त्यसै गरी नेपालीलाई ८० बाट बृद्धि गरी एक सय, सार्क मुलुकका पर्यटकलाई २ सय बाट २ सय ५० र तेश्रो मुलुकका पर्यटकलाई प्रबेस शुल्क ४ सय बाट बृद्धि गरी ५ सय रुपैयाँ कायम गरिएको छ । संग्रहालयमा हाल १० जना सुरक्षा गार्ड सहित ३२ जना कर्मचारी रहेकाछन ।
संग्रहालयका प्रमुख बल बहादुर राईले अझै पनि आफुहरुले सोचे अनुरुपको पर्यटकहरु संग्रहालयमा भित्राउन नसकेको बताए । एक सय रोपनी क्षेत्रफलमा फैलिएको तथा साँढे ६ रोपी क्षेत्रफलको भवनमा रहेको संग्रहालय एसियाकै सबै भन्दा ठुलो संग्रहालय भएको राईले दाबी गरे । उक्त गार्डेमा मात्र प्रबेस गर्दा ३० रुपैया शुल्क लाग्छ ।
आर्थिक बर्ष २०७५/०७६ को साउन देखि मंसिर १५ गतेसम्म अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा एक लाख ६ सय ४३ जनाले प्रत्यक्ष अवलोकन गरेको संग्रहालयका प्रशासकिय अधिकृत पौडेलले बताए । उक्त पर्यटक संग्रहालयमा प्रबेश गरेसँगै १ करोड ४० लाख ५६ हजार ८ सय ९० रुपैया संकलन भएको छ ।
पौडेलका अनुसार साउन देखि मंसिर १५ सम्म पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सार्क मुलुकबाट ८ हजार १ सय ५३ जना, तेश्रो मुलुक अर्थात विदेशी पर्यटक १३ हजार ३ सय ४६ जना पर्यटक अवलोकन गर्न आएका हुन् । त्यसै गरी ४१ हजार ६ सय ६३ जना बिद्यार्थी र ३२ हजार नेपाली पर्यटकले प्रत्यक्ष रुपमा संग्रहालय अवलोकन गरेका छन् ।
साउनदेखि मंसिर १५ सम्म विदेशी पर्यटक संग्रहालयमा अवलोकन गर्दा प्रबेश शुल्क वापत ६६ लाख ७३ हजार रुपैया संकलन भएको प्रशासकीय अधिकृत पौडेलले बताए । त्यसै गरी सग्रहालयमा सार्क मुलुकका पर्यटक प्रबेस शुल्क वापत २० लाख ३८ हजार २ सय ५० रुपैया, बिद्यार्थीबाट २० लाख ८३ हजार १ सय ५० रुपैया र नेपालीबाट ३२ लाख रुपैया संकलन भएको उनले जनाए ।
प्रकाशित समय १९:२० बजे

















