गृहपृष्ठ गगन थापा भन्छन्- ओली इतिहासकै बलियो प्रधानमन्त्री

गगन थापा भन्छन्- ओली इतिहासकै बलियो प्रधानमन्त्री

Gagan Thapa NewsKarobar (3) फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन् ।

नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे ।

उनले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो संकेत नदेखिएको बताए । उनले सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी संगठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु