गृहपृष्ठ टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा
टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा
नेपालमा टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली बजारमा आफैंमा युवामाझ स्थापित तथा लोकप्रिय भइसकेको कम्पनीले जनाएको छ ।
क्लासिक संस्करणमा सनलिट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी दुईजना बस्न मिल्ने सिटलगायतका सुविधा छन् । कम्पनीका अनुसार ‘टिभिएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बडी, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्र्ने, सुपेरियर एक्सिलेरेसन र निकै फ्युल इफिसेन्सी पनि छ । टिभिएसको जुपिटर क्लासिक अटम ब्राउनको बजार मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ छ ।
प्रकाशित समय ०७:२६ बजे

















