गृहपृष्ठ एनआईसी एशियाको शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

एनआईसी एशियाको शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

nicasia-bank-newskarobar

एनआईसी एशिया बैंकले सुनसरीको प्रकाशपुर र इनरुवामा नयाँ शाखा खोलेको छ । बैंकले इनरुवा नगरपालिका–१, शान्तिचोक र बराहक्षेत्र–१०, प्रकाशपुरमा शाखा सञ्चालनमा ल्याएको हो । इनरुवा शाखाको इनरुवा नगरपालिका प्रमुख राजन मेहता र प्रकाशपुर शाखाको बराह क्षेत्र नगरपालिका प्रमुख निलम खनालले उद्घाटन गरे ।

एनआईसी एसियाले मुलुकभरका २७० शाखा कार्यालय, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २० वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको कुल निक्षेप १६८ अर्ब र कर्जा प्रवाह १५५ अर्ब छ । त्यस्तै, ग्राहक संख्या करिब १४ लाख रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु