गृहपृष्ठ भारत आन्ध्र प्रदेशका मुख्यमन्त्री भन्छन्– नरेन्द्र मोदी ब्ल्याकमेलर हुन्

भारत आन्ध्र प्रदेशका मुख्यमन्त्री भन्छन्– नरेन्द्र मोदी ब्ल्याकमेलर हुन्

भारत आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबू नायडूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘ब्ल्याकमेलर’ भनेका छन् । आइतबार एक पत्रकार सम्मेलनमा मुख्यमन्त्री नायडूले आप्mनो मुलुकका प्रधानमन्त्री मोदीमाथि यस्तो आरोप लगाएका हुन् । ‘मोदी एक नम्बरका ब्ल्याकमेलर हुन्,’ उनले भने, ‘उनी कोहीविरुद्ध केस लगाउँछन् र पुनः त्यो केस फिर्ता लिन्छन् । त्यसपछि उनी ब्ल्याकमेल गर्छन् । हिजोआज उनी लगातार यस्तो काम गरिरहेका छन ।’

प्रधानमन्त्री मोदीले आरजेडी प्रमख लालूप्रसाद यादवविरुद्ध मुद्दा हाल्न लगाएको स्वयं सीबीआई निर्देशकले पुष्टि गरेको नायडूको दाबी छ । उनका अनुसार मोदीले तेलंगनाका मुख्यमन्त्री के. चन्द्रशेखरलाई पनि निशाना बनाएका छन् । नायडूले रावलाई ‘षड्यन्त्रकारी’ भनेका छन् । मोदी र केसीआरले आन्ध्र प्रदेशको विकास नचाहेको आरोप पनि नायडूले लगाए ।

प्रकाशित समय १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु