गृहपृष्ठ सपथ लिएपछि रेशमले भने, ‘ममाथि अन्याय भयो’
सपथ लिएपछि रेशमले भने, ‘ममाथि अन्याय भयो’
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएको एक वर्षपछि रेशम चौधरीले सांसद पदको शपथ लिएका छन् । सिंहदरबारमा सपथ लिएपछि उनले सांसद पदको सम्मान गर्न माग गरे ।
चौधरीले आफूलाई गैरकानूनी रूपमा पुर्पक्षमा राखिएको उनको गुनासो छ । ‘तीन वर्षदेखि पुर्पक्षमा राखियो, यो कानुन कहाँ छ ?’ उनले भने, ‘मेरो मुद्दा किन लम्ब्याइयो ?’ उनले आफू निदोष रहेको बताए ।
सभामुखसँग शपथ लिएलगत्तै चौधरीलाई पुनः डिल्लीबजार कारागार पठाइएको छ । शपथका लागि दिउँसो ३ बजे संसद् सचिवालय सिंहदरबार लगिएका चौधरीलाई शपथलगत्तै फेरि प्रहरीले जेल पठाएको हो ।
टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलाली( १ बाट चुनाव जितेका थिए ।
प्रकाशित समय १६:३५ बजे
















