गृहपृष्ठ देउवाको टिप्पणी- दुई तिहाईको सरकार ‘फ्लप’ भइसक्यो

देउवाको टिप्पणी- दुई तिहाईको सरकार ‘फ्लप’ भइसक्यो

‘पोस्टर टाँसेर मुलुक चल्दैन, यो सरकारले देश चलाउन सक्दैन’

sherbahadur_duba_newskaroabr

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार ‘फ्लप’ भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको सरकारले अब देश चलाउन नसक्ने दावी गरे ।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले पोष्टर टाँसेर देश नचल्ने भएकाले अब यो सरकारकारबाट कामको अपेक्षा गर्न पनि नसकिने बताए ।

अर्को एक प्रसंगमा देउवाले वाइडबडी खरिद छानबीन प्रकरणमा कुनै मन्त्रीलाई कार्बाहीको सिफारिर गरिएको विषयमा जानकारी नभएको बताए । उनले वाइडबडी खरिद प्रकरणका दोषीलाई सरकारले आवश्यक कानुन बनाएर कार्बाही गर्न सक्ने उनको भनाई थियो ।

संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्यायन नगरेकोले अहिले सबै कुरामा टिप्पणी गर्न नसक्ने बताए ।

उनले निर्माला पन्तको बलात्कारपछि हत्यामा सम्लग्नलाई अहिलेसम्म कानुनी कठघरामा ल्याउन नसक्नु सरकारको लाचारी भएको टिप्पणी गरे । देउवाले प्रहरी प्रशासन समेतको संलग्नतामा प्रमाण मेटेर अपराधीलाई उन्मुक्ति दिने प्रयास भएको दाबी गरे ।

निर्मालाको बलात्कारपछि हत्या भएको घटना सानो कुरा नभएको भन्दै उनले निर्मालाको परिवारले न्याय नपाएसम्म यो विषय नेपाली कांग्रेसले सेलाउन नदिने जानकारी दिए ।

देउवाले कांग्रेसको चौधौं महाअधिवेशन समयमा नै हुने दाबी गरे । उनले अर्ली महाधिवेशनको कुरा कसैले नउठाएको दाबी गर्दै महाधिवेशन समयमा नै सम्पन्न हुने बताए ।

कर्मचारी समायोजन तथा प्रदेशमा जान नमान्ने कर्मचारीहरुलाई कार्बाही गर्ने कुरा सरकारले बताइरहेको बेला देउवाले भने कर्मचारीलाई कार्बाही गर्नुभन्दा थप सेवा सुविधा बढाएर पठाउनुपर्ने बताए ।

कर्मचारी अभावमा प्रदेशका काम कार्बाहीमा समस्या देखिरहेको बताउँदै उनले कर्मचारीलाइ आतंकित बनाएर भन्दा पनि उनिहरुलाई थप इन्सेन्टिभ दिनुपर्ने उनको भनाई थियो ।

प्रकाशित समय १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु