गृहपृष्ठ धीरेन्द्रकुमार झागडले जिते आइएमईबाट २० लाख

धीरेन्द्रकुमार झागडले जिते आइएमईबाट २० लाख

आइएमई दशैँमा २० लाख योजनामा ८ सय ५६ जना पुरस्कृत

ime-group-offer-newskarobar

नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवर्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनाअन्तर्गत सर्वाधिक ठूलो राशिको भाग्यशाली विजेता घोषणा गरेको छ । मलेसियाबाट नेपालमा आइएमई गर्ने धीरेन्द्रकुमार झागड सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएका हुन् ।

झागडले नगद २० लाख प्राप्त गर्नेछन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित छनोट कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्रान्ड एम्बेसडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलालगायत विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले आमसेवाग्राहीको निरन्तरको विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्रान्डको रुपमा स्थापित गराएको बताए । उनले आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । त्यस्तै, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखी ‘दशैँमा बीस लाख’ योजना अवधिका करिब तीन महिनामा लक्ष्यअनुरुपको व्यापार अभिवृद्वि भएको बताए । ब्रान्ड एम्बेसडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलाले आइएमई जस्तो ब्राण्डको एम्बेसडर हुन पाउँदा सन्तोष लागेको धारणा राखे ।

२०७५ साल असोज ७ गतेदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागू भएको योजनाअन्तर्गत दैनिक लक्की ड्र मा ८ सय ४०, साप्ताहिक लक्की ड्र« मा १२, मासिक लक्की ड्र मा ३ र बम्पर लक्की ड्र मा एकजना गरी ८ सय ५६ जना पुरस्कृत भएका छन् । कम्पनीले एक सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु