गृहपृष्ठ सुर्खेतमा माघेसंक्रान्ती मेला पुस २५ देखि
सुर्खेतमा माघेसंक्रान्ती मेला पुस २५ देखि
नेपाल मगर संघ सुर्खेतको आयोजनामा यही पौष २५ देखि २ गते सम्म माघेसंक्रन्ती मेला सञ्चालन हुने भएको छ ।
विगतमा पनि मेला आयोजना गर्दै आएको संघले यो वर्ष पनि माघेसंक्रान्तिको अवसर पारेर मेला सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ ।
मगरहरुको संस्कृतीको संरक्षण गर्न आयोजना गरिने मेलामा विशेष गरी धनुषवाण, छेलो, कुर्ची डौड (महिलाको लागि मात्र), घैटो फुटाल्ने (महिला,पुरुष), एकल नृत्य र एकल गित प्रतियोगिता समेत हुनेछन् ।
मेलामा मौलिक संस्कृति झल्कने सोरठी, ठाडी भाका, ख्याली, सालैजो मुख्य आर्कषणको रुपमा रहने मेला आयोजक प्रचारप्रसार उपसमितिका संयोजक दीपबहादर रानामगरले बताएका छन् । मेलामा मगर परिकारका खानेकरा, मगर समुदायले बुनेका मगर ड्रेश तथा कन्दमुलहरु पनि राखिने जानकारी दिँदै रानाले मेलामा अनुमानित २८ लाख खर्च हुने जानकारी समेत दिएका छन् ।
प्रकाशित समय १३:१३ बजे
















