गृहपृष्ठ उत्तर कोरीयाली नेताको चीन भ्रमणलाई दक्षिण कोरियाको स्वागत

उत्तर कोरीयाली नेताको चीन भ्रमणलाई दक्षिण कोरियाको स्वागत

kim-jong-un-newskarobar

उत्तर कोरियाली नेता किम जोङ् उनले गरेको चीन भ्रमणको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले मङ्गलबार स्वागत गरेको छ । कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्नको लागि यस भ्रमणले सहयोग गर्ने बताइएको छ ।

ब्लू हाउसका प्रवक्ता किम एइ कुम एक पत्रकार सम्मेलनमा यस भ्रमण कोरियाली प्रायद्वीपमा पूरा निःशस्त्रीकरण र स्थायी शान्तिको लागि यसले सहयोग गर्ने बताएका छन् ।

उत्तर कोरिया चीनबीचको यस वार्ताले उत्तर कोरिया र अमेरिकी बीच हुने भनिएको दोस्रो चरणको वार्तालाई सहयोग हुने पनि प्रवक्ता किमले बताएका छन् ।

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिङ्गापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । निकट भबिष्यमै यी दुई नेताबीच पुनः भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लागेको बताइएको छ ।
रासस/सिन्ह्वा

 

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु