गृहपृष्ठ सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : गगन थापा

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : गगन थापा

Gagan Thapa NewsKarobar (1) फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको टिप्पणी गरेका छन् । उनले भने, ‘संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।’

नेपाली कांग्रेस बनेपा नगरपालिका-३ र ४ को संयुक्त आयोजनामा मंगलबार काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताए । ‘न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसर काम गर्न पाएको छ,’ उनले भने ।

उनले नियम अनुसार संसदमा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न पाउँने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए । प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सदनमा कुरा राख्न आउने तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने कस्तो खालको नीति हो भन्ने प्रश्न गरे ।
रासस

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु