गृहपृष्ठ लक्ष्मणलाल कर्णको प्रस्ताव- बीचको बाटोबाट संसद खोलौं
लक्ष्मणलाल कर्णको प्रस्ताव- बीचको बाटोबाट संसद खोलौं

राष्ट्रिय जनता पार्टी (राजपा)का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले बीचको बाट तय गरी संसद खोल्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्णले दुवै पक्ष गम्भीर बन्नुपर्ने टिप्पणी गरे ।
संसद बैठकमा नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीको सम्बोधन लगत्तै प्रश्नोत्तरको माग गर्दा सभामुखले अनुमति नदिएपछि हंगामा भएको थियो । त्यसलगत्तै कांग्रेस सांसदले संसदमा नाराबाजीसहित विरोध जनाएका थिए ।
कांग्रेसले सभामुखको यो कदमलाई हुकुमी शैली भन्दै नसच्चिएसम्म संसद बैठक सुचारू हुन नसक्ने चेतावनी दिएको थियो ।
सोही सम्बन्धमा कर्णले मंगलबार दुवै पक्ष गम्भीर हुनुपर्ने तथा सभामुखले बीचको बाटो लिनुपर्ने सुझाव दिए । आइतबार संसदमा भएको घटनालाई ‘दुर्भाग्य’को संज्ञा दिँदै कर्णले सभामुखले पनि गल्ती गरेको टिप्पणी गरे ।
प्रधानमन्त्रीको सम्बोधनले आशा जगाउँन नसकेको उनको भनाई थियो । जनताका दैनन्दिने समस्या छाडेर प्रधानमन्त्रीले सपना मात्र बाँढेको भन्दै उनले असन्तुष्टी जनाए । ‘रेल कहिले आउँछ ? पानी जहाज कहिले आउँछ ? भन्ने कुरा जनताको चासोको विषय होइन,’ कर्णले भने, ‘जनतालाई रोजी रोटीको चिन्ता छ ।’
प्रकाशित समय १८:०३ बजे