गृहपृष्ठ नेपालले विश्व बैकबाट लियो सढे २७ करोड ऋण

नेपालले विश्व बैकबाट लियो सढे २७ करोड ऋण

काठमाडौं ।
नेपाल सरकारले विश्व बैंकबाट २७ अर्ब ६५ करोड रुपैयाँ ऋण लिने भएको छ । दुईवटा आयोजनामा नेपाल सरकारको प्राथमिकताभित्र रहेर खर्च गर्नेगरी ऋण दिने सम्झौतामा सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकले नेपाल सरकारलाई वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन सहुलियतपु्र्ण ऋण दिने छ ।


सन् २०१९ फेब्रुवरीभित्र खर्च गरीसक्नेगरी बैंकले सार्वजनिक वित्त व्यवस्थानका लागि २० अर्ब ऋण दिने छ भने रानीजमरा आयोजनाका लागि ७ अर्ब ६५ करोड ऋण दिने छ । रानी जमराका लागि दिने ऋणको समय भने सन् २०२३ डिसेम्बरसम्म हुने छ ।
अर्थ मन्त्रालयमा एक समारोहका विच विश्व बैंकका नेपालस्थित राष्ट्रिय निर्देशक चिमाओ फ्यान र अर्थ मन्त्रालयका सचिव राजन खनालले सो ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर समारोहमा सचिव खनालले नेपालको सामाजिक तथा आर्थिक सहयोगमा विश्व बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार प्रकट गरे ।
राष्ट्रिय निर्देशक चिमाओले संघीयतामा भर्खरै प्रवेश गरेको नेपालका वित्तीय आवश्यकता पूरा गर्न बैंकले उक्त सहायता प्रदान गरेको बताए ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु