गृहपृष्ठ कुर्ता, पाइजामा र गम्छामा जनकपुर पुगे ओली

कुर्ता, पाइजामा र गम्छामा जनकपुर पुगे ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता, पाइजामा र गम्छा पहिरिएर जनकपुर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न उनी जनकपुर पुगेका हुन् ।

ओली बिहानै हेलिकप्टरमा जनकपुर पुगेका हुन् ।  उनले मन्दिर परिसरको भ्रमणसमेत गरेका छन् ।

ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्नेछन् ।

मोदीलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरस्थित बाह्रबिघा मैदानमा उत्रनेछन् । मोदीलाई जनकपुर उपमहानगरपालिकाले अभिनन्दन गर्नेछ ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु