गृहपृष्ठ भोली काठमाडौंमा अन्तराष्ट्रिय सार्वजनिक क्षेत्रसम्वन्धी सम्मेलन हुँदै
भोली काठमाडौंमा अन्तराष्ट्रिय सार्वजनिक क्षेत्रसम्वन्धी सम्मेलन हुँदै
काठमाडौं । अन्तराष्ट्रिय सार्वजनिक क्षेत्रसम्बन्धी सम्मेलन नेपालमा हुने भएको छ । नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) को आयोजनामा भोली शनिवार काठमाडौंमा सम्मेलन गर्न लागिएको हो ।
आइक्यानका अध्यक्ष सिए प्रकाश थापाका अनुसार सम्मेलनमा अन्तराष्ट्रिय वित्तीय व्यवस्थापन प्रणाली, संघियतामा वित्तीय प्रवन्ध, सार्वजनिक क्षेत्रमा लेखा परीक्षणको कार्य, सार्वजनिक वित्तीय व्यवस्थापनमा विभिन्न देशको प्रशासकीय अभ्यासका विषयमा चारवटासत्र रहेका छन् ।
भोलि राजधानीको होटल याक एण्ड यतीमा हुने कार्यक्रमको उदघाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । दिनभर विभिन्न विषयमा छलफल गरिने अध्यक्ष थापाले जानकारी गराए ।
सम्मेलनमा २३ देशका ३२ वटा संस्थाका प्रतिनिधिसहित २५० भन्दा बढीको प्रतिनिधित्व हुने बताइएको छ । काप्पा र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व (पेफा) कार्यालयको सहकार्यमा हुने कार्यक्रमा पेफा सचिवालयले नेपालमा वित्तीय व्यवस्थापनको सम्बन्धमा कार्यपत्र पस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै महालेखा परिक्षको कार्यलयबाट पनि कार्यपत्र प्रस्तुत गरिने छ ।
‘सम्मेलनले सार्वजनिक वित्त अवधारणा कार्यन्वयनमा रहेका चुनौती र सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ गर्नमा सम्वद्ध पक्षको तयारीलाई सहयोग पुग्नेछ’, अध्यक्ष थापाले भने । उनले वित्तीय व्यवस्थापनको पुर्नसंरचना तथा सुधारमा लेखा व्यवसायीको महत्वलाई पनि सम्मेलनले सहयोग पु¥यायउने बताए ।
त्यस्तै काप्काका विभिन्न समितिको बैठक र साधरण सभा पनि नेपालमा हुने भएको छ । आज काप्काका तीन समितिको बैठक बसिरहेको छ । शनिबार सम्मेलन हुने छ भने आइतबार काप्काको साधरणसभा हुने काप्काका निर्देशक प्रकाश लम्सालले जानकारी दिए ।
सम्मेलनमा भाग लिन १८ देशका प्रतिनिधले नाम टिपाइसकेको बस्नेतले जानकारी दिए । त्यस्तै आइक्यानले बैशाख ३१ गते सोमबार ‘सिए शिक्षा मेला २०१८ ‘ गर्नेभएको छ । राजधानीको पुलिस क्लवमा आयोजना हुने मेलामा आइक्यान तथा आइक्यानबाट सम्वन्धन प्राप्त कोचिङ सेन्टरहरूका स्टल रहने जनाइएको छ । अन्तराष्ट्रिय लेखा व्यवसायी संस्था, दक्षिण एशियाली लेखा व्यवसायीको संस्था तथा एशिया प्रशान्त लेखा व्यवसायीहरूको संस्थाबाट आइक्यानले सदस्ता प्राप्त गरेको छ ।
आइक्यानका हालसम्म आठ हजार ४०० सदस्य रहेका छन् भने लेखा व्यवसायमा प्रवेश गर्न चाहने सात हजार विद्यार्थी अध्यायनरत रहेका छन् ।
प्रकाशित समय १२:३७ बजे

















