गृहपृष्ठ भाडा बढी लिने सवारीलाई ठाउँको ठाउँ कारवाही

भाडा बढी लिने सवारीलाई ठाउँको ठाउँ कारवाही

sfFs8le§f cfOk'u]sf ofq'jfxs a; aªunfb]zsf] /fhwfgL 9fsfaf6 rf/b]zLo oftfoft ;~rfngsf] k/LIf0fsf nflu a'waf/ g]kfnsf] sfFs8le§f cfOk'u]sf ofq'jfxs a; . aªunfb]z, e"6fg, ef/t / g]kfnaLr a; ;]jf ;~rfng;DaGwL ;Demf}tf ePkl5 9fsfaf6 ef/tsf] l;nu9L x'Fb} aªunfb]zsf] Zofdf]nL kl/jxgsf b'O{ j6f a; g]kfn cfOk'u]sf x'g . tl:a/ M rGb|snf e08f/L, emfkf, /f;;

काठमाडौं ।
सवारी साधनमा यात्रुहरुलाइृ बढी भाडा लिएको गुनासो आएपति यातायात व्यवस्था विभागले कारवाही शुरु गरेको छ । विभागले ट्रफिक प्रहरीसंगको सहकार्यमा कारवाही प्रकृया अघि बढाएको छ ।
चालु आर्थिक वर्षमा बढी भाडा लिने १५ हजार सवारी साधानलाई कारवाही गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक टेकनारायण भट्टराईले जानकारी दिए ।
‘मुलुकभरका ट्राफिक प्रहरीको समन्वयमा ट्राफिकले कारवाही गरेका करिव १२ हजार र विभागबाट करिव ३ हजार गरी कुल १५ हजार सवारीलाई कारबाही गरिसकिएको छ,’ उनले भने, ‘यसबाट १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेका छौं ।’
बढी भाडा लिने समस्या समाधान गर्नका लागि यातायात व्यवस्था विभागले भाडा समायोजन गर्ने विषयमा छलफल गरिरहेको छ । ‘सजिलोका लागि १८ रुपैयाँ हुने ठाउँमा २० रुपैयाँ, १७ रुपैयाँ हुने ठाउँमा १५ रुपैयाँ गरी समायोजन गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘यसलाई राउन्डफिगरमा समायोजन गर्ने गरी जाँदै छौं ।’
यस्तै बाहिरका कार्यालयले महिनामा तीनवटा अनुगमन गर्न निर्देशन दिएका छौं । र नगर्नेलाई विभागले कारबाही गर्छ । अब सर्वसाधारणले बढी भाडा दिएर घाटा खानुपर्दैन ।

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु