गृहपृष्ठ माेदीकाे भ्रमणले नेपाललाई यस्ताे फाइदा
माेदीकाे भ्रमणले नेपाललाई यस्ताे फाइदा
काठमाडौं : दुई दिने नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल छन्।
माेदीकाे भ्रमणकाे विषयलाई लिएर माेदीकाे मात्रै नभइ अाेलीकाे पनि अालाेचना भएकाे छ।
खासगरी रचनात्मक तवरबाट समेत विराेध गर्न नपाएकाे र विवेकशिल साझा पार्टीले नेपालमा स्वागत छ अभिनन्दन गर्दैनाै भन्ने व्यान प्रहरी च्यातीदिएपछि तिव्र अालाेचना भएकाे छ।
२०७२ सालकाे नाकाबन्दीकाे सम्झनामा फेसबुक र ट्वीटरमा प्रतिकात्मक तस्विर राखीएकाे छ।
केछ माेदी अाउदा फाइदा
हाम्राे देश प्राकृतिक साैन्दर्यताकाे अनुपम हाे। धर्म र दर्शनकाे थलाे हाे। बाैद्व र हिन्दु धर्मालम्वीकाे नेपालका धार्मिक स्थल विशेष मानिन्छन्।
प्रयाप्त बजेटकाे अभावमा वा अन्य कारणले यश विषयमा प्रचार नपुगेकाे याथार्थ हाे।
यश कारण यस्ता उच्च अधिकारी अाउँदा उनीहरूकाे सामाजिक सञ्जाल मार्फत र उनीहरूसँगै अाउने विदेशी मिडिया र नेपालकाे मिडिया मार्फत पनि प्रचार गर्ने अवसर हाे।
माेदीले एक दिन जानकी, मुक्तिनाथ र पुशपति नाथकाे पूजा गर्दा धार्मीक पर्यटक वृद्धिमा ठूलाे टेवा पुग्ने देखिन्छ।
साथै शुक्रबारबाटनै जनकपुरबाट अयाेध्याकाे लागि सिधा बससेवा सुचारू भएकाे छ। यसले पनि धार्मिक पर्यटक वृद्धिमा सहयाेग पुग्ने देखिन्छ।
महत्वपूर्ण रुपमा हेरियकाे रामायण सर्किटकाे पनि शुक्रबारबाट सुरुवात भएकाे छ। यसले नेपाल भारत मात्रै नभई श्रीलङ्काबाट पनि नेपाल अाउने धार्मिक पर्यटक वृद्धिमा सहयाेग पुर्याउने छ।
त्यस्तै ९०० मेगावाटकाे अरुण तेस्राे सिलन्यास शुक्रबार नै हुनेछ।
प्रकाशित समय २१:०२ बजे
















