गृहपृष्ठ गण्डकी विकास बैंकको शाखा रुपन्देहीको मानपकडीमा

गण्डकी विकास बैंकको शाखा रुपन्देहीको मानपकडीमा

gandaki-bikash-bank-newskarobar

गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन रुपन्देहीका प्रदेश सभासद तुल्सीप्रसाद चौधरीले गरे ।

शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक वासुदेव त्रिपाठीका साथै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरी, शुद्धोधन गाउँपालिका–५ का अध्यक्ष पुण्यराम गौतम, समाजसेवी शिवराम न्यौपाने, बैंकका प्रबन्धक मिलनकुमार पुनलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए । बैंकले ७७ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु