गृहपृष्ठ सुर्खेतमा पनि मानव सेवा आश्रम
सुर्खेतमा पनि मानव सेवा आश्रम
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मान सेवा आश्रम स्थापना गरिएको छ । सहयोगापेक्षी मानिसरहित मुलुक बनाउने अभियानसहित जुटेको मानव सेवा समाजको पहलमा स्थापना गरिएको आश्रमको शुक्रबार एक कार्यक्रमका बीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे ।
वीरेन्द्रगनर नगरपालिका, सामाजिक विकास मन्त्रालयलगायतका निकायले अभिभावकत्व गर्नेगरी आश्रमको स्थापना गरिएको हो । आश्रम स्थापनापछि यस क्षेत्रमा सडकमा भौतारिएकाहरुलाई आवासको व्यवस्था गरिनेछ । नेपालका विभिन्न क्षेत्रमा सडक, पेटीमा बसेर मागेर जीवन विताइरहेकाहरुलाई आवाससहित उनीहरुको हेरचाह आश्रमले गर्ने जनाइएको छ ।
प्रकाशित समय २१:०७ बजे
















