गृहपृष्ठ प्रदेशको नाम र राजधानी कसैको दबाबमा राखिँदैन : मुख्यमन्त्री राई
प्रदेशको नाम र राजधानी कसैको दबाबमा राखिँदैन : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी सहमतिबाटै टुङ्ग्याउने बताएका छन् । उनले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार बिहान सञ्चारकर्मीसँगको भेटघाटमा मुख्यमन्त्री राईले नाम र राजधानीको विषय कसैको निर्देशन तथा दबाबले नहुने स्पष्ट पारे । ‘सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुंग्याइनेछ,’ उनले भने ।
मुख्यमन्त्री राईले आइतबारबाट सुरु हुने हिउँदे अधिवेशनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेश सभामा प्रवेश गराउने बताए । प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारबाट सुरु हँुदै छ ।
प्रकाशित समय १३:४८ बजे

















