गृहपृष्ठ बुटवलमा कृषि मेला सुरु
बुटवलमा कृषि मेला सुरु
मुख्यमन्त्री भन्छन्- कृषि समृद्धिको मुख्य आधार
प्रदेश-५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमबारदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको मुख्यमन्त्री शंकर पोखरेलले बिरुवामा पानी सिन्चित गरी उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेशको विकासको पहिलो आधार कृषि र त्यपछी उद्योग तथा पर्यटन रहेको उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले कृषिको व्यवसायीककरणका लागि किसानलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्नु पर्ने बताए ।
मेलामा गाउका उत्पादनदेखि कृषिका प्रविधिका एक सय २६ स्टलको सहभागिता रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले जानकारी दिए । मेलाका अवसरमा ६ दिनसम्म बुटवलमण्डपमा कृषि केन्द्रित प्रतियोगिता, अन्तर्क्रिया गोष्ठि र सचेतनाका कार्यक्रमहरु पनि आयोजना गरीँदै छ ।
मेलामा प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बिउबिजन कार्यक्रम प्रबर्द्धकको भूमिकामा छन् ।
प्रकाशित समय २१:१४ बजे

















