गृहपृष्ठ विहानै चितवनको भाटभटेनी नजिक कसले पड्कायो बम ?

विहानै चितवनको भाटभटेनी नजिक कसले पड्कायो बम ?

चितवन । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्चुरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान पौने ४ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट बम विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने १ जनाको पहिचान भएको र खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका २ जनाले बम विस्फोट गराएको उनले बताए ।


विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ । आफ्नो बन्दलाई सफल पार्नका लागि उनीहरुको यस्तो अपराधिक घटना गराएकोप्रति चितवनमा विरोधसमेत भएको छ ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु