गृहपृष्ठ नेविसंघ विघटन गर्ने प्रस्ताव कांग्रेस बैठकमा
नेविसंघ विघटन गर्ने प्रस्ताव कांग्रेस बैठकमा
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा भातृ संगठन नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखिएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा यस बिषयको प्रस्ताव राखिएको हो । उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखेका हुन् । निधीलगायत अरु केन्द्रीय सदस्यहरुलले समेत नैनसिंह महर नेतृत्वको वर्तमान कायसमितिलाई वधाई दिएर विदाई गर्नुको विकल्प नभएको भन्दै विघटनको प्रस्ताव बैठकमा दर्ता गराएका छन् ।
सभापति शेरबहादुर देउवाले नेविसंघ के गर्ने भन्ने प्रस्ताव राखेपछि उपभापति निधिले विघटनको प्रस्ताव राखेको बैठकमा सहभागी नेताहरुले बताए । केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘कानुनीसँगै राजनीतिक रुपमा पनि नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको छ, वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउनुपर्छ भन्दै उपसभापति निधीलगायतका नेताहरुले बिगठगनको प्रस्ताव राखेका छन् ।’
यता, पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखेका छन् । उनले थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको भन्दै नेविसंघको हकमा एक दिन म्याद सकिनासाथ भंग गर्न नहुने तर्क गरेका छन् ।
तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संघ विघटनको पक्षमा उभिएसँगै नेविसंघमा तदर्थ समिति बन्ने करिब निश्चित भएको छ ।
प्रकाशित समय ०७:०९ बजे
















