गृहपृष्ठ सिन्धुलीको जीप दुर्घटना ५ जनाको मृत्यु
सिन्धुलीको जीप दुर्घटना ५ जनाको मृत्यु
सिन्धुलीको फिकल गाउँपालिका २, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते छन् । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा परी फिक्कल गाउँपालिका, २ का ५५ वर्षीया तिलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नम्बर ३ की ३५ वर्षीया शान्तिमाया श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते मानबहादुर सुनुवार, गंगामाया विक र दिपक श्रेष्ठलाई उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल ल्याइएको छ । घाइते अन्य चार जनाको अवस्थासामान्य रहेकोजिल्ला प्रहरी कार्यालयका डीएसपी लोकदर्शन थापाले जानकारी दिए । बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । जीपमा १२ जना यात्रु सवार थिए ।
यसअघि बुधबार साझ सिन्धुलीमैै जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । रामेछापको खाँडादेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:०० बजे
















