गृहपृष्ठ आर्थिक कुटनीतिमा सक्रिय हुने ९ राजदूतको प्रतिबद्धता

आर्थिक कुटनीतिमा सक्रिय हुने ९ राजदूतको प्रतिबद्धता

हालै विभिन्न देशका लागि नियुक्त भएका नेपालका राजदूतहरूले मुलुकको आर्थिक हितका पक्षमा आफूहरू सक्रिय रहने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नौ देशका लागि नियुक्त राजदूतहरूले मुलुकको आर्थिक हित प्रबद्र्धनका लागि आफूले कदम चाल्ने प्रतिबद्धता जनाएका हुन् ।

ती राजदूतहरूले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्र्न नेपालको व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा पहल गर्ने सहमति जनाएका हुन् ।
भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देश समृद्द बन्नलाई उत्पादन र निर्यात बढ्नु पर्नेमा जोड दिए । सोका लागि अबका दिनमा व्यवसायीहरुले अयात प्रतिस्थापन गरी निर्यात गर्ने बस्तु उत्पादनमा लाग्नुपर्ने उनको भनाइ थियो ।

यसैगरी संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो व्यापारमा भरि मात्रामा सुधार गर्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु ब्यापारी मात्र नभै उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए ।
इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाइन । आफू नेपाली महिला व्यवसायी र इजराइलका महिला व्यवसायीका बीचमाा सम्बन्ध स्थापित गर्न प्रयासरत उनके प्रतिबद्धता थियो ।

स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराईले अवका दिनका आफुहरुले सम्बन्धित देशमा गएर नेपालमा हुन लागेको लगानी सम्मेलन र भिजिट नेपाल २०२० सफल बनाउन केन्द्रित हुने बताए ।
कर्यक्रममा संयुक्त अरब इमिरेट्सको लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माले आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लाग्ने बताए ।
कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठल ‘समृद्द नेपाल, सुखी नेपाली’को नारा पुरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु