गृहपृष्ठ राष्ट्रियसभाको बैठक ११ मिनेटमै रोकियो

राष्ट्रियसभाको बैठक ११ मिनेटमै रोकियो

rastriya_sabha_newskarobar फाइल तस्बिर

सोमबार बसेको राष्ट्रियसभाको बैठक ११ मिनेटमै स्थगीत भएको छ । ११ मिनेटसम्म मात्र बसेको राष्ट्रियसभा बैठकमा विभिन्न विधेयकहरूसँग सम्बन्धित प्रस्तावहरू पारित भएका थिए ।

बैठकको सुरूमै राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट पारित भएको वेपत्ता पारिएका व्यक्ति, सत्यनिरूपण तथा मेलमिलाप आयोगको विधेयकको पारित सम्बन्धी सूचना राष्ट्रियसभामा पेश गरेका थिए ।

त्यस्तै गृहमन्त्री रामबहादुर थपा ‘बादल’ले  ज्येषनागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन मितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । गृहमन्त्रीले पेश गरेको उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।

त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाबाट पारित भई आएको निवृत्तिभरण कोष सम्बन्धी विधेयकलाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो ।

त्यस्तै अर्थमन्त्री खतिवडाल नै नागरिक लगानी कोष सम्बन्धी विधेयकको दोस्रो संशोधनलाई विधायन समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव पनि सर्वसम्मतीले पारित भएको थियो भने विज्ञापन नियमन गर्ने विधेयकलाई समेत विधायन समितिमा पठाउने निर्णय बैठकले गर्यो ।

त्यस्तै राष्ट्रियसभाको सोमबारकै बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सांसद विन्दा आलेले राष्ट्रियसभाका अध्यक्षसँग समय मागेर नेपाल विद्यार्थी संघका कास्की शाखाका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको विषयमा सभामार्फत् सरकारको ध्यानाकर्षण गराईन् । उनले ती नेताहरुले जलाउँदै नजलाएको गाडी समेत जलाएको भनी झुठा मुद्दामा अझै थुनामा राखेको भन्दै सरकारको विरोध गरेकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक मंगलबार विहान ११ बजे बस्नेछ ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु