गृहपृष्ठ डीपीएल : रुपन्देही च्यालेञ्जर्सको विजयी सुरुवात
डीपीएल : रुपन्देही च्यालेञ्जर्सको विजयी सुरुवात
बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सले तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा शरद भेषवाकरको टिम महेन्द्रनगर युनाइटेडलाई २ रनले हराउँदै रुपन्देहीले विजयी सुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा रुपन्देहीले दिएको १ सय १२ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
यस्तै महेन्द्रनगरले बुधबार काठमाडौं गोल्डेन्ससँग खेल्नेछ । यसअघि भएको पहिलो खेलमा काठमाडौंले साबिकको बिजेता धनगढी स्टार्सलाई ४ विकेटले हराएको थियो । काठमाडौं २ अंकसहित शीर्ष स्थानमा छ ।
प्रकाशित समय १९:२९ बजे

















