गृहपृष्ठ टीकापुर महोत्सव सम्पन्न, डेढ लाखले गरे अवलोकन

टीकापुर महोत्सव सम्पन्न, डेढ लाखले गरे अवलोकन

tikapur-mahotsab-newskarobar

टीकापुर महोत्सवमा एक करोड बराबरको कारोबार भएको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिन चलेको महोत्सवको करिब डेढ लाखले अवलोकन गरेका छन् ।

महोत्सवमा २७ लाख ६३ हजारको टिकट बिक्री भएको आयोजक टीकापुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका अनुसार महोत्सवमा दुई सय स्टल थिए भने स्थानीय स्थानीय उत्पादनलाई प्रवर्धन गर्न १० स्टल निःशुल्क उपलब्ध गराइएको थियो ।

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारू गाउँ र मगर गाउँ मुख्य आकर्षणका रुपमा रहेका थिए । मेलामा थारू गाउँ र मगर गाउँमा आ–आफ्ना संस्कृति र खानाका परिकार झल्कने वस्तु राखिएका थिए । संघले २०६५ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु