गृहपृष्ठ विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोबार

विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोबार

birat jutta chappal2 newskarobar

स्वदेशी उत्पादनको प्रब्द्धन गर्ने उद्देश्यले गत माघ ९ देखि विराटनगरमा सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ मा तीन सातामा १ करोड मूल्य बराबरको जुत्ताचप्पल बिक्री भएको छ । विराटनगरको मेनरोडमा गएको माघ ९ गतेबाट सुरु भएको १ महिने जुत्ताचप्पल मेलामा २१ दिनमा १ करोड मूल्य बराबरको कारोबार भएको मेला आयोजक समितिले जनाएको छ ।

मेला संयोजक होमनाथ उपाध्यायले २१ दिनको अवधिमा १ करोड मूल्य बराबरको ३५ हजार जोर जुत्ताचप्पल बिक्री भएको बताए । उनले स्वदेशी फुटवेयर उद्योगका गुणस्तरीय उत्पादनप्रति आम उपभोक्ताको चासो दिनानुदिन बढ्दो रहेको समेत बताए । मेलामा सहभागी देशभित्रका ८ वटा प्रतिष्ठित जुत्ताचप्पल उद्योगले १५ देखि ६० प्रतिशतसम्मको छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेका छन् ।

जुत्ता चप्पल मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको छ ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु