गृहपृष्ठ व्यवहारिक र प्रविधिमैत्री शिक्षामा प्रदेश सरकारको जोड
व्यवहारिक र प्रविधिमैत्री शिक्षामा प्रदेश सरकारको जोड
प्रदेश-१ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले प्रदेश सरकारले शिक्षालाई व्यवहारिक र प्रविधिमैत्री बनाउदै लैजाने बताएका छन् ।
सुनसरीको इटहरीमा रहेको कोशी सेन्टजेम्स आवासीय माध्यामिक विद्यालयका विद्यार्थीहरुले आयोजना गरेको विज्ञान प्रर्दशनीको अबलोकनपछि मन्त्री घिमिरेले यस्तो बताएका हुन् ।
उनले नेपाली विद्यार्थीहरुको क्षमतालाई पहिचान गरी व्यवहारिक र प्रविधिमैत्री शिक्षामा प्रदेश सरकारले जोड दिने बताए । कोशी सेन्टजेम्सका विद्यार्थीहरुले आफूहरुले अध्ययन गरिरहेका विषयहरुलाई समावेश गरी कोशी बृहत प्रर्दशनीको आयोजना गरेका छन् ।
विद्यार्थीहरुले हासिल गरेको सिप र ज्ञानलाई प्रस्फुटन गराउँदै उत्साहित बनाउन आयोजना गरिएको बृहत प्रर्दशनीमा विद्यार्थीहरुकै सहभागितामा तयार पारिएका विभिन्न विषय सम्वन्धी सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन् ।
प्रकाशित समय १८:२० बजे
















